२०८२ आश्विन २१, मंगलवार १६:३०

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। मंगलबार सार्वजनिक गरिएको प्रक्षेपण अनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित रहनेछ ।

विश्व बैंकले यसअघि सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.९ प्रतिशत हुने अनुमान गरेको थियो। तर नयाँ तथ्यांकअनुसार, प्रक्षेपण ०.८ प्रतिशत विन्दुले घटेर २.१ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ ।

२०२५ मा वृद्धिदर ४.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । सन् २०२७ मा भने आर्थिक वृद्धि फेरि उक्लिएर ४.७ प्रतिशत हुने अपेक्षा गरिएको छ।

दक्षिण एशियाका अन्य मुलुकहरूसँग तुलना गर्दा नेपालको स्थिति कमजोर देखिएको छ। सन् २०२६ मा भारतको आर्थिक वृद्धिदर ६.५ प्रतिशत, भुटानको ७.३ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, श्रीलंकाको ३.५ प्रतिशत र माल्दिभ्सको ३.९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ।

विश्लेषकहरूका अनुसार, कमजोर निजी लगानी, राजस्व संकलनको कमजोरी, तथा राजनीतिक अनिश्चितताले नेपालमा दीर्घकालीन विकास लक्ष्य प्रभावित हुनसक्ने देखिन्छ।

जेनजी आन्दोलनपछि उद्योग व्यवसायमा ठूलो क्षति पुगेकाले सन् २०२६मा नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको हो ।

 

Comment

Related News

Latest News

Trending News