२०८२ आश्विन २१, मंगलवार १७:४७

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरूले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

नगरपालिकाका वडा नं. १ देखि ९ सम्म कार्यरत करार र ज्यालादारी कर्मचारीहरूले शुक्रबार योजना प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनरेश यादवलाई ज्ञापनपत्र बुझाउँदै बक्यौता तलब तथा सेवा–सुविधा तुरुन्त भुक्तानी गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएका हुन्।

पटक–पटक माग गर्दा पनि मेयर अजय प्रकाश जैसवालले आश्वासन मात्र दिँदै आएको र समस्या समाधान नभएको गुनासो गरेका छन् । उनीहरूले अब बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था आएको बताएका छन् ।

शान्तिपूर्ण धर्ना , वडा र नगरपालिका कार्यालय बन्द गरिने आन्दोलनको कार्यक्रम रहेको उनीहरूले चेतावनी दिएका छन्।

कटहरिया नगरपालिकाका योजना प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकिय अधिकृत गणेश नेपाली विदामा रहेको र उहाँ कार्यालयमा हाजिर भएपछी मात्र केही गर्नसकिने बताएका छन्।

मुकेश कुशवाहा, मुकुन्द यादवसहित तीन दर्जनभन्दा बढी करार तथा ज्यालादारी कर्मचारीहरुको समूहले ज्ञापनपत्र बुझाएका थिए।

समस्या चाँडो समाधान नभए कर्मचारीहरूले आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News