२०८२ आश्विन २२, बुधबार ०७:४६
जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा–रुपैठामा रहेको तेलिया पोखरीलाई दुई समुदायबीच भएको सहमति अनुसार मंगलबार अतिक्रमणमुक्त गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाको रोहबरमा सोमबार भएको सर्वपक्षीय सहमति अनुसार तेलिया पोखरी डिलमा अनधिकृत रुपमा निर्माण गरिएको संरचना जनकपुरधाम उपमहानगरपालिकाले अतिक्रमणमुक्त गराएको छ ।
जनकपुरधाम उपमहानगरका नगर प्रमुख मनोजकुमार साहले पोखरी संरक्षणका लागि भएको सहमति अनुसार नै अतिक्रमणमुक्त गराइएको बताए । उनले अनुसार पोखरीको सौन्दर्यकरण, सरसफाइ, घेराबारा तथा वृक्षारोपणजस्ता कार्यक्रम आगामी दिनमा चरणबद्ध रूपमा सञ्चालन गर्ने बताए ।



