२०८२ आश्विन २२, बुधबार १२:३३

रौतहटको सदरमुकाम गौर–चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने गौर नगरपालिका–६ स्थित सपगढा लचकामा यात्रुबाहक बस दुर्घटना भएको छ। दुर्घटना हुँदा बस खाल्डोमा नगएर ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

गौरबाट चन्द्रपुरतर्फ जाँदै गरेको ना.४ ख.५३१८ नम्बरको यात्रुबाहक बस बुधवार बिहान करिब सवा १०बजे अनियन्त्रित भई सडकछेउको खाल्टोमा कोल्टो परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

हालैको अविरल वर्षाका कारण बाढीको पानीको तीव्र बहाव रहेकाले बस खाल्टोमा कोल्टिएको भए पनि कुनै मानवीय क्षति भएको छैन। दुर्घटनापछि स्थानीय बासिन्दाले तत्कालै उद्धार कार्य सुरु गरी सबै यात्रुहरुलाई सकुशल बाहिर निकाल्न सफल भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बसलाई उठाएर यातायात सञ्चालन सहज बनाउन आवश्यक प्रक्रिया अगाडि बढाएको बताएको छ।

Comment


Related News

Latest News

Trending News