२०८२ आश्विन २२, बुधबार १७:४६
मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा दाबी पेस गरिएको छ ।
बुधबार जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा नेपाली कांग्रेस, नेकपा एमाले र जनमत मिलेर नयाँ सरकार गठन गर्ने भन्दै दाबी पेस गरेका छन् ।
नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादवको नेतृत्वमा सरकार गठन हुन लागेको छ । सो क्रममा नेकपा एमालेबाट मन्त्री बनेकाहरुले यस अघि नै पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिईसकेको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहले आज राजीनामा दिने भनेपनि हालसम्म उनले राजीनामा भने दिएका छैनन् ।



