२०८२ आश्विन २३, बिहीबार ०७:२८

महोत्तरीको रातु नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा १५ करोड बराबरको क्षति भएको छ ।

नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानी भएको हो । करिब १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इञ्जिनियर सुरेश मण्डलले जनाए अनुसार रातु नदीले बञ्चौरीको दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको छ ।



नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो । बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिकासहित १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।

Comment


Related News

Latest News

Trending News