२०८२ आश्विन २३, बिहीबार ११:२४

लगातार बढिरहेको सुनको भाउ कीर्तिमान बनाएको छ ।

आज सुन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो । यसअघि हिजो बुधवार र सोमवार पनि सुनको भाउले रेकर्ड बनाएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि रेकर्ड कायम भएको छ । चाँदी आज एकैदिन ६५ रुपैयाँ बढेर तोलाको तीन हजार २५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News