२०८२ आश्विन २४, शुक्रबार ०७:५३

नेपाल र जापान आईसीसी टी–२० विश्वकप एशिया एन्ड इस्ट–एशिया प्यासिफिक छनोटको सुपर ६ मा प्रवेश गरेका छन् । अस्ति जापानले कुवेतलाई ५ विकेटले हराएसँगै नेपाल पनि सुपर ६ मा प्रवेश गरेको हो ।

समूह ‘बी’ को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । नेपाल नेट रनरेटको आधारमा शीर्ष स्थानमा छ । जापान भने दोस्रो स्थानमा छ । जापान पनि सुपर ६ प्रवेश गरिसकेको छ ।



लगातार दुई हार बेहोरेको कुवेत भने समूह चरणबाट बाहिरिएको छ । अब नेपालले समूह चरणको अन्तिम खेल आज  जापानसँग खेल्नेछ । यही खेलले समूहको विजेता टुङ्गो लगाउने छ ।

Comment


Related News

Latest News

Trending News