२०८२ आश्विन २४, शुक्रबार ०९:२२

जनकपुरधामका दुई प्रतिष्ठित संस्था “डक्टर्स ल्याबोरेटोरी एण्ड डायग्नोस्टिक सेन्टर” र मिथिला डिपार्टमेन्ट स्टोरबीच पारस्परिक सहकार्य सम्झौता सम्पन्न भएको छ ।

विहीबार शिव चौक मा रहेको मिथिला डिपार्टमेन्ट स्टोर मा भएको कार्यक्रममा सम्झौता अनुसार मिथिला डिपार्टमेन्टल स्टोरका ग्राहकले स्वास्थ्य परीक्षण गराउँदा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।



सम्झौतामा मिथिला डिपार्टमेन्ट स्टोरका तर्फबाट शिवेन्द्र झा र “डक्टर्स ल्याबोरेटोरी एण्ड डायग्नोस्टिक सेन्टर” का तर्फबाट मनोज कुमार झाले हस्ताक्षर गरेका थिए । कार्यक्रममा संस्थाका सदस्यहरू नविन झा, पंकज झा, हरिकान्त मिश्र लगायतको उपस्थिती रहेको थियो ।

सम्झौता एक वर्षका लागि प्रभावकारी हुने र यो योजना मिथिला डिपार्टमेन्ट स्टोर जनकपुरधामस्थित तीनवटै शाखामा लागू हुने जानकारी सदस्य नविन कुमार झाले दिएका छन् ।

उनका अनुसार, यो सहकार्यले ग्राहकहरूलाई एकैसाथ स्वास्थ्य सेवा र खरिदमा सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ ।

Comment


Related News

Latest News

Trending News