२०८२ आश्विन २४, शुक्रबार ११:३७
जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई वटा प्रदेश समितिको अधिवेशन गर्न लागेको छ । पार्टीको कोशी प्रदेश समिति र मधेस प्रदेश समितिको अधिवेशन हुन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
जसपा नेपालले स्थानीय तहअन्तर्गतका पार्टी समितिको अधिवेशन सम्पन्न गरी प्रदेश समितिको अधिवेशन गर्न लागिएको बताइएको छ ।



