२०८२ आश्विन २४, शुक्रबार १४:०४

प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सीटिईभीटी)ले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेर नष्ट भएको परीक्षा केन्द्रमा मंसिर ४ गते पुनः परीक्षा गर्ने निर्णय गरेको छ।

परिषद्ले सार्वजनिक सूचना प्रकाशन गरी  डिप्लोमा, प्रमाणपत्र र प्रिडिप्लोमा तहका परीक्षा मंसिर ४ गते जनाएको हो।

जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेको परिषद्ले जनाएको छ। परिषद्का सूचना अधिकारी एक राज अधिकारीले प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएको बताए।

उनले कोसी प्रदेशको ५ परीक्षा केन्द्र र बागमती प्रदेशका १८ परीक्षा केन्द्रमा पुस्तरपुस्तिका जलेर नष्ट भएको जनाएका छन्।

Comment


Related News

Latest News

Trending News