२०८२ आश्विन २४, शुक्रबार १७:१५

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार मान्दिन भन्ने केपी ओलीको तर्कमा कुनै तुक नरहेको बताउनुभएको छ ।

शुक्रबार ललितपुरमा सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले तत्कालिन प्रधानमन्त्री ओलीको लिखित सिफारिसमा राष्ट्रपतिले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै अहिलेको सरकार मान्दिन भन्ने ओलीको तर्कमा कुनै तुक नरहेको बताउनुभएको हो । आफुहरु उक्त प्रक्रियाको साक्षी भएको उहाले बताउनुभयो ।

त्यस्तै प्रचण्डले जेनजी आन्दोलनका क्रममा भूराजनीतिक शक्ति सन्तुलनले आफुहरु बचेको र धेरै ठूलो क्षति पनि भू–राजनीतिक चलखेल कै कारण भएको जिकिर गर्नुभयो ।

उहाले युवा पुस्तालाई समेत विश्वासमा लिएर राष्ट्रिय सहमतिबाट चूनावका साथै संविधान सशोधनका लागि सवै राजनीतिक दलहरु एक हुनुपर्ने भएपनि अहिले पनि त्यस्तो अवस्था नदेखिएको बताउनुभयो ।

देशको संकट समाधानका साथै निर्वाचन सफल पार्नका लागि सवै एकजुट हुनु अहिलेको आवश्यकता रहेको उहाको भनाइ छ ।

प्रचण्डले जनेजी आन्दोलनमा घुसपैठ गर्नेहरुमाथि अनुसन्धान गरि कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

Comment


Related News

Latest News

Trending News