
कांग्रेसको नेतृत्वमा मधेश प्रदेशमा नयाँ सरकार गठन हुने निश्चित प्रायः रहेको छ ।
कांग्रेस संसदीय दलको शुक्रबार सम्पन्न बैठकमा सहभागी सभासदहरुले नयाँ सरकारमा पार्टीबाट नयाँ अनुहार मन्त्रीका लागि पठाउनु पर्नेमा जोड दिएका छन् ।

विगतको बैठकहरुमा दलका नेता कृष्ण प्रसाद यादवले मन्त्री नदोहोरिने पटकपटक धारणा राखेकाले अबको सरकारमा कांग्रेसका सबै नयाँ अनुहार रहने सभासद रामसरोज यादवले बताएका छन् ।
सरकारमा डा. शेखर कोइराला र गगन थापा समूहको पनि प्रतिनिधित्व गराइने सम्भावना छ । मन्त्रीमा सर्लाहीका जंगीलाल यादव पक्का रहेका छन् ।