२०८२ आश्विन २५, शनिबार ११:००

छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार ज्यान गुमाउनेमा सिम्रौनगढ नगरपालिका–५ का ६५ वर्षीया शरदा देवी रहेकी छिन् । गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन । उहाँका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयामा लगिएको छ । घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए ।

Comment


Related News

Latest News

Trending News