२०८२ आश्विन २६, आईतवार ०७:३१

कोरोना संक्रमणको महामारी लामो समयपछि यसपालीको विजया दशमीमा स्थानीय बजारमा उपभोक्ताको चहलपहल देखिए पनि केही साता अघि अविरल वर्षातका कारण दीपावली र छठ पर्व नजिकिए पनि स्थानीय बजारमा खासै चहलपहल हुन छाडेको छ ।

भारत सरकारले आफ्नो मुलुकमा वस्तु एवम् सेवा कर (जिएसटी) मा ठूलो परिवर्तन गरेसंगै मधेश प्रदेशसंग जोडिएको सीमावर्ती क्षेत्रस्थित स्थानीय बजारमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । भारत सरकारले दैनिक उपभोग्य सामग्री तथा खाद्यान्नमा लगाउँदै आएको वस्तु एवम् सेवा कर १२ प्रतिशतबाट झारेर ५ प्रतिशतमा सीमित गरेपछि जनकपुरधामका उपभोक्ताहरू पनि सीमापारीको धनुषाको सीमावर्ती क्षेत्र जयनगर, पिपरौन, बासोपट्टी, महिनाथपुर, हरिने, हर्लाखी, जटही, महोत्तरीको सुरसण्ड, महिनाथपुर, सीमामढी, सर्लाहीको सोनवर्षा, पर्साको सीमावर्ती क्षेत्र रक्सौल, सप्तरीको सीमावर्ती क्षेत्र निर्मलीलगायतका स्थानीय बजार जान थालेपछि जनकपुरधामसहितको स्थानीय बजार सुनसान भएको व्यवसायीहरु बताउँछन् ।

भारतीय बजारमा चामल, दाल, चिनी, खानेतेल, कफी आइसक्रिम, घिउ दुधबाट बनेको सामग्री भुजिया नमकिन, पापड, साबुनलगायतका सामग्रीहरुको मूल्यमा ठूलो गिरावट आएसंगै सीमावर्ती क्षेत्रस्थित सीमापारी बजारमा नेपाली उपभोक्ताहरुको भीडभाड हुन थालेको छ ।

यसप्रति जनकपुरधामका व्यवसायीहरु चिन्तित हुन थालेको व्यवसायी सुशील कर्णले गुनासो गरे । त्यस्तै, कस्मेटिक गुड्स विलासिताका सामग्री कपडा तयारी कपडा पेट्रोल, डिजेल, एलपीजी ग्यास लगायतका सामानमा लगाउँदै आएको २८ प्रतिशतलाई १८ प्रतिशत कायम गरेको बताइएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघ वीरगञ्जका वरिष्ठ उपाध्यक्ष माधव राजपालले अर्थ मन्त्रालयले भन्सार महसुल दरमा परिवर्तन नगर्ने हो भने तस्करीले प्रोत्साहन पाउने तथा यसको असर मुलुकको अन्य ठाउँमा हेर्न सकिने बताए । भारतले आफ्नो मुलुकमा लगाएको वस्तु एवम् सेवा करले सीमाक्षेत्रमा तस्करीले प्रोत्साहन पाउने सम्भावना बढेकाले सशस्त्र प्रहरीसँग समन्वय गरी सीमा नाकामा थप कडाइ गरेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News