२०८२ आश्विन २७, सोमबार ०८:०३

महोत्तरीको बर्दिवासस्थित बीपी राजमार्गमा दुर्घटनामा परेर घाइते भएकाहरुको उपचार नभएको भन्दै उनीहरुको परिवारजनले आन्दोलन थालेका छन् ।

असोज १७ गते बर्दिवासको खयरमारामा भएको दुर्घटना भएर घाइते भएकाहरुको बिपी यातायातले उपचार गर्न नमानेपछि उनीहरुले राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रेका छन् । पूर्व–पश्चिम राजमार्ग हुँदै बीपी राजमार्ग भएर काठमाण्डु प्रस्थान गर्ने सवै सवारीसाधन रोकेर पीडित परिवारसहित स्थानीयहरुले चक्का जाम गरेका छन् ।



चक्का जाममा जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको छ । बर्दिवास– १० र ११ का स्थानियहरु राजमार्गको गौरिडाडामा बसेर आवतजावत गर्ने सवै सवार ीसाधनहरु रोकेका छन् । वडा नम्बर १० का पूर्ण मोक्तान यातायात प्रालिका प्रतिनिधिसगँ पटक–पटक छलफल गर्दा पनि उपचारमा बेवास्ता गरेपछि सडक चक्काजाम गर्न बाध्य भएको बताउँछन् ।

वडा– ११ का वडाध्यक्ष गोपाल बल पनि चक्का जाममा सहभागी भएका छन् । दुर्घटनामा परेर ३४ जना घाइते भएका थिए भने दुई जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । घाइते मध्येका ६ जनालाई सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं लगिएको थियो । अहिले उनीहरुको वीर अस्पताल, ट्रमा सेन्टर र भक्तपुरको एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

आर्थिक अभावमा अस्पतालले उपचार गर्न नमानेपछि बीपी यातायातसगँ बार्ता भए पनि उनीहरुले बेवास्ता गरेको पीडित पक्षले दाबी गरेका छन् । तत्काल उपचारमा तदारुकता नदेखाए थप आन्दोलनलाई सशक्त बनाउने उनीहरु बताउँछन् ।

Comment


Related News

Latest News

Trending News