२०८२ आश्विन २७, सोमबार १६:२०

मधेस प्रदेशमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

मन्त्री तिवारी सोमबार आफ्नो पदबाट राजीनामा दिएकी हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को संयुक्त सरकारमा सहभागी तिवारीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीनामा पत्र बुझाउँदै आजकै मितिदेखि लागू हुनेगरी पदत्याग गरेको उल्लेख गरेकी छन् ।



मुख्यमन्त्री सिंहले भोलि (बुधबार) प्रदेश सभामा विश्वासको मत लिने तयारी गरिरहेका बेला मन्त्री तिवारीले राजीनामा दिएकी हुन् ।

लोसपा नेपालबाट प्रतिनिधित्व गर्ने तिवारीले राजीनामाको कारण सार्वजनिक गरेकी छैनन् । वर्तमान सरकारबाट नेपाली कांग्रेस, नेकपा एमाले र जनमतले आफ्नो समर्थन फिर्ता लिए पनि लोसपाले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन ।

Comment


Related News

Latest News

Trending News