
वीरगञ्जमा सुनचाँदी व्यवसायीको घरमा छापामारी गरिएपछि स्थानीय व्यवसायीहरुले विरोध गरेका छन् । वीरगञ्ज महानगरपालिका– ९, गीता मन्दिर रोडस्थित एक सुनचाँदी व्यवसायीको घरमा सोमबार बिहान छापामारी गरिएको हो ।
राजस्व चुहावटको आशंकामा राजस्व अनुसन्धान कार्यालय पथलैयाको टालीले अभिषेक ज्वेलर्सका सञ्चालक अभिषेक सर्राफको घरमा छापामारेको छ । प्राप्त गोप्य सूचनाका आधारमा सर्राफको घर र पसलमा एकैपटक छापामारी गरिएको जनाइएको छ । अनुसन्धान अधिकृतहरूको टोलीले कारोबारसँग सम्बन्धित कागजात, खाता, बिल–भौचर, विद्युतीय उपकरणहरू (कम्प्युटर, मोबाइल, स्टोरेज डिभाइसहरू) र अन्य प्रमाणहरू नियन्त्रण लिएको छ ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माले भने, “राजस्व चुहावटको विश्वसनीय सूचना प्राप्त भएपछि कानुनी प्रक्रिया अनुसार खानतलासी भइरहेको छ । आवश्यक कागजात र प्रमाण संकलनको काम जारी छ ।” राजश्व अनुशन्धान कार्यालयले अनावश्यक व्यापारीलाई दिएको भन्दै सुनचाँदी व्यवसायीले चर्को बिरोध गरेका छन् । व्यपारीको बिरोधलाई मध्यनजर गर्दै बाक्लो सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।
अ न ु स न् ध ा न टोलीले सर्राफलाई दिएको पत्रमा उल्लेख गरिए अनुसार ऐन, २०५२ बमोजिम तपाईको घर तथा कारोबार स्थलमा खानतलासी भएको जनाइएको छ । जसअनुसार कारोबारसँग आवश्यक सबै कागजात, मालसामान र अन्य प्रमाणहरू नियन्त्रणमा लिइने छन् । आवश्यक परे स्थललाई लाहाछाप गर्न सकिने जानकारी गराउँदै , कृपया अनुसन्धान टोलीलाई सहयोग पु¥याउनु अनुरोध समेत गरिएको छ, छापामारीका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ ।
बिहानैदेखि शुरु भएको खानतलासी कार्य दिउँसोसम्म चलेको थियो । छापामारीको घटनाले वीरगञ्जका सुनचाँदी व्यवसायी राजश्वको छापा आतंक पुन शुरु भएको भन्दै चर्को बिरोध जनाएका छन् । राजस्व अनुसन्धान कार्यालयको कार्यशैलीप्रति आपत्ति जनाउँदै छापामारी भएको घर अगाडि प्रदर्शन गर्दै चर्को नाराबाजी गरेका छन् । घरमा सामग्री राखेको आधारमा छापा मार्नु अनावश्यक र असान्दर्भिक भएको व्यपारीहरुको भनाइ छ । वीरगञ्जका अधिकांश चुनचाँदी व्यवसायीहरु गहना राखेर चर्को व्याजदरमा कर्जा समेत दिने गरेको तराइमा चलन रहेको छ ।
छापामारी गरिएको सर्राफ पनि ठूलो मिटर व्याजी भएको बताइन्छ । तर राजस्व अनुसन्धान कार्यालयले भने यस्तो गतिविधि सामान्य अनुसन्धान प्रक्रिया अन्तर्गत पर्ने बताएको छ । “हामी कुनै पनि व्यापारीलाई लक्षित गरेर होइन, प्रमाण र सूचनाको आधारमा मात्र काम गर्छौं,” प्रमुख अधिकृत शर्माले स्पष्ट पारे । प्रमुख अधिकृत शर्माका अनुसार, आवश्यक प्रमाण संकलन पछि मात्रै थप कानुनी कारबाहीबारे निर्णय गरिने छ ।
वीरगञ्जको सुनचाँदी बजारमा राजस्व अनुसन्धानको यस छापाले अहिले मिश्रित प्रभाव पारेको देखिन्छ । एकातिर राजस्व चुहावट नियन्त्रणको नाममा सरकारले कडाइ गरेको देखिन्छ भने अर्कोतर्फ व्यवसायीहरू आफूहरूलाई “अनावश्यक उत्पीडनको सिकार” भएको गुनासो व्यक्त गरिरहेका छन् । घटना के कति ठोस प्रमाणमा आधारित छ भन्ने कुरा भने आगामी अनुसन्धानको कारबाही पछि मात्र खुलासा हुनेछ ।