जेन–जी आन्दोलनका घटनालाई लिएर काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका प्रमुख सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी दर्ता गरिएको छ ।
नेकपा एमाले निकट युवा संघ नेपालका कार्यकर्ताले जनकपुरधामसहित मधेश प्रदेशको ८ वटै जिल्लामा सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । युवा संघका केन्द्रीय सदस्य बजरंगी गुप्ता र रौतहट जिल्ला इन्चार्ज सन्तोषकुमार साहको नेतृत्वमा दर्ता गरिएको उजुरीमा शाह र गुरुङले आन्दोलनका क्रममा भीडलाई उक्साएर सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गराएको आरोप लगाइएको छ ।

संघले मुलुकी फौजदारी संहिता, २०७४ को दफा २८५( २) अनुसार उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।उजुरी दर्ता गर्नु अघि युवा संघका कार्यकर्ताहरूले गौर बजारमा मोटरसाइकल ¥याली निकाल्दै विरोध प्रदर्शन गरेका थिए । जेन–जी आन्दोलनका क्रममा रौतहटमा दर्जनौं सरकारी कार्यालय र निजी घरहरूमा आगजनी, तोडफोड र लुटपाट भएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटले उजुरी प्राप्त भएको पुष्टि गर्दै आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने जनाएको छ ।

