२०८२ आश्विन २९, बुधबार १३:०७

सभामुख देवराज घिमिरेले आयोजना गरेको छलफलमा दलहरूले गत भदौ २७ गते भएको संसद् विघटनलाई असंवैधानिक भनेका छन् ।

नेकपा (एमाले) का नेता महेश बर्तौलाले संसद् विघटन असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक रहेको कुरामा सबै दलहरूको साझा मत बनेको बताएका छन् ।



सभामुख घिमिरेले बोलाएको बैठकमा सहभागी भएर बाहिरिने क्रममा एमाले नेता बर्तौलाले षड्यन्त्रपूर्वक संसद् विघटन भएकोमा सबै दलहरूको साझा मत रहेको बताएका हुन् ।

नेता बर्तौलाले अहिलेको संसद् विघटन अलोकतान्त्रिक छ र असंसदीय रहेको र यसको पुनर्स्थापना हुनु जरुरी रहेको बताएका छन् । यसका लागि यो व्यवस्था र संविधान मान्ने सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनु आजको आवश्यकता रहेको उनले बताए ।

सभामुख घिमिरेले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायत पार्टीका नेता बैठकमा सहभागी छन्। सभामुखले प्रमुख १० दललाई बैठकमा बोलाएका थिए।

Comment


Related News

Latest News

Trending News