२०८२ आश्विन २९, बुधबार १५:३५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारकै कारण तोकिएको समयमा निर्वाचन नहुने बताउनुभएको छ ।

बुधबारबाट ललितपुरमा सुरु एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक तवरले बनेको वर्तमान सरकारले चुनाव गराउने बाटो नसमातेको बताउनुभएको हो ।



ओलीले सुशीला कार्की असंवैधानिक ढंगले प्रधानमन्त्री बनेको र संसद् विघटन समेत असंवैधानिक तरिकाले गरेको दोहराउनुभयो । असंवैधानिक ढंगले संसद विघटन गर्नुहुँदैन भन्ने फैसला गर्नेहरुले नै अहिले आफैंले असंवैधानिक तरिकाले विघटन गर्ने काम योजनाअन्तर्गत गरिएको प्रतिगमन भएको उहाले बताउनुभयो ।

उहाले संसद् मान्दैनौ, व्यवस्था मान्दैनौँ, व्यवस्था नै फेर्नुपर्छ भनेर वर्षौँ अघिदेखि भन्दै आएकाहरूले भदौ २३, २४ को घटना गराएका उहाँले दाबी गर्नुभयो । सर्वोच्च अदालतले यस अघि नै नजिर कायम गरिसकेकोले अहिलेको संसद् विघटन ठिक छ भनेर सोच्ने पनि नसकिने ओलीले बताउनुभयो । तानासाही र अधिनायकवादलाई फालेर लोकतन्त्र स्थापना गरिएको उल्लेख गर्दै ओलीले अहिलेको असहज अवस्थामा पनि एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जिकिर गर्नुभयो । त्यसका लागि एमाले एक भएर अघि बढ्नुपर्ने उहाको भनाइ छ । लोकतन्त्र राज्यले ल्याइदिएको नभई जनताले ल्याएको बताउँदै ओलीले अब यसको रक्षा जनताबाट नै हुनुपर्ने बताउनुभयो । उहाले एमालेको नेतृत्वका बिषयमा भएका चर्चा प्रति असन्तुष्टि जनाउनुभयो । ओलीले कसैले फेसबुकमा गाली गर्दैमा आफूले पार्टी अध्यक्ष पद नछाड्ने बताउनुभयो । केन्द्रीय कमिटीले भने एक मिनेट पनि अध्यक्ष पदमा नबस्ने उहाले बताउनुभयो ।

अध्यक्ष ओलीले एमाले छाडेर गएका नेता कार्यकर्तालाई एमाले फर्कन आह्वान गर्नुभयो । एमाले फुटाएर एकीकृत समाजवादी पार्टी बनाएकाहरु पनि अहिले छहारी खोज्दै हिडेको उहाले बताउनुभयो । बैठकमा अध्यक्ष ओलीले पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गर्नुभएको छ । त्यस्तै मुलुकको राजनीतिक परिस्थीति र हाम्रो नीति बिषयक ओलीको विशेष प्रस्तावमा जेनजी आन्दोलनको स्वतन्त्र र निष्पक्ष छानविन गर्दै दोषीमाथि कडा कारवाही हुनुपर्ने उल्लेख गरिएको छ ।

Comment


Related News

Latest News

Trending News