२०८२ आश्विन २९, बुधबार २०:०८

जिल्ला अदालत काठमाण्डाैले नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएकाे छ ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीकाे इजलासले थुनछेक बहसपछि सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई थुनामा पठाउन आदेश दिएकाे हाे ।



विद्युतीय चुरोट अर्थात् ‘भेप’ मार्फत सुन तस्करी गरेको प्रकरणमा महरा आइतवार पक्राउ परेका थिए । २०७९ सालमा भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप छ ।

भेपमा लुकाएर सुन तस्करी गराएको आरोपमा महरा २०७९ सालमै अनुसन्धानमा तानिएका थिए । तर सत्ता–शक्ति आडमा उनीमाथि मुद्दा चलेको थिएन ।

गएको वर्षको चैत ९ गते महरालाई जिल्ला सरकारी वकिलको कार्यालयले स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर अनुसन्धानका लागि बोलाएका बेला उपस्थित हुने गरी छोराको जिम्मा लगाइएको थियो ।

Comment


Related News

Latest News

Trending News