२०८२ आश्विन ३०, बिहीबार १४:४९

जनता समाजवादी पार्टी नेपाल (जसपा) मधेश प्रदेश अधिवेशनमा किचिलो भएको छ। असोज २७ गते देखी जनकपुरधाममा जारी प्रदेश अधिवेशनमा प्रतिनिधि विवादको विषयलाई लिएर विवाद सृजना भएको छ।

अध्यक्ष पदका दावेदार योगेन्द्र राय यादवले सर्लाहीको प्रतिनिधि छनौट र प्रदेशबाट मनोनयन गरिने पाँच प्रतिशत प्रतिनिधिमा वर्तमान अध्यक्ष बालकिशोर प्रसाद यादव पक्षले धांधली गरेको आरोप लगाएका छन । हिजो दिनभरी प्रतिनिधि विवादमा अल्झीएको मधेश प्रदेश अधिवेशनमा विवाद समाधान विनै निर्वाचन समितिले निर्वाचनको प्रक्रिया शुरु गरे पछि राय पक्षले निर्वाचन बहिस्कारको घोषणा गरेका छन ।

उनिहरुले अधिवेशन स्थलमै पत्रकार सम्मेलन गरेर निर्वाचन बहिस्कारको घोषणा गरेका हुन । राय पक्षको पत्रकार सम्मेलनमा पूर्व मुख्यमन्त्री सरोज कुमार यादव, केन्द्रिय सदस्यहरु संजय यादव, रामबाबु प्रसाद यादव , अनिरुद्ध प्रसाद सिंह , जिल्ला अध्यक्षहरुमा सप्तरीका केदार यादव, धनुषाका पशुपति यादव, रौतहटका राजिव रंजन यादव, बाराका रमेश यादव सहितको उपस्थिति रहेको थियो ।

Comment

Related News

Latest News

Trending News