२०८२ आश्विन ३०, बिहीबार १८:३५

सरकारकाले बिभिन्न देशमा रहेका नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका कार्यरत नेपाली राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरिएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । उनीहरुलाई कार्तिक २० गतेभित्र नेपाल फर्किसक्ने गरि फिर्ता बोलाउने निर्णय भएको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले किर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरुयोजना स्वीकृत राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने र गुरुयोजना बमोजिमको बाँकी कामको बोलपत्र आह्वान गरि खरिद प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तै सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताउनुभयो ।

बैठकले नेपाल र भारतबीच आपराधिक गतिविधि सम्बन्धमा पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता स्वीकृति गर्ने निर्णय गरेको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले नेपालले अन्य मुलुकहरूसँग आवश्यकताअनुसार फौजदारी मामिलामा पारस्परिक कानुनी सहायता सन्धि गर्न वार्ताको लागि प्रस्ताव गर्ने सम्बन्धी ‘ट्रिटी अन म्युचअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स’ स्वीकृत गर्ने र आवश्यकताअनुसार कूटनीतिक माध्यमबाट विभिन्न मुलुकसमक्ष पठाउन स्वीकृति दिने निर्णय गरेको छ ।

Comment


Related News

Latest News

Trending News