२०८२ आश्विन ३०, बिहीबार १९:४२

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको अध्यक्ष पदमा बालकिशोर प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन ।

मनोनयन दर्ताको समय सीमा भित्र अध्यक्ष पदमा बालकिशोर प्रसाद यादव, मुख्यसचिवमा ज्ञानेन्द्र कुमार यादव र कोषाध्यक्षमा विष्णु प्रसाद साहको एकल उम्मेदवारी परेपछि अध्यक्ष यादव संगै मुख्यसचिव र कोषाध्यक्ष समेत निर्विरोध निर्वाचित भएका हुन ।



अध्यक्ष पदका अर्का दावेदार योगेन्द्र राय यादवले सर्लाहीको प्रतिनिधि छनौट र प्रदेशबाट मनोनयन गरिने पाँच प्रतिशत प्रतिनिधिमा वर्तमान अध्यक्ष बालकिशोर प्रसाद यादव पक्षले धांधली गरेको आरोप लगाउदै निर्वाचन प्रक्रिया नै बहिस्कार गरेपछि बालकिशोर लगायतका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन ।

बाँकी ३ जना उपाध्यक्षमा सात जना, ३ जना सचिवमा ४ जना र ४२ जना सदस्यका लागि ७२ जना उम्मेदवारी दिएपनि बन्द सत्रमा उपस्थित प्रतिनिधिहरुले कार्यसमितिलाई पूर्णता दिने अधिकार अध्यक्ष मण्डललाई दिएपछि अधिवेशन अन्त्यको घोषणा गरिएको छ ।

असोज २७ गते देखी शुरु अधिवेशनमा नेतृत्व छनौटमा समस्या देखिएपछि लम्बिएको थियो ।

Comment


Related News

Latest News

Trending News