२०८२ आश्विन ३१, शुक्रबार १४:५२

संघीय लोकतान्त्रिक मोर्चाले मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा बनेको मधेस प्रदेशको सरकारले संघीयतालाई बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

मोर्चाको संघीय सचिवालय संयोजक शिवजी यादवले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति गराउने र प्रदेशको जनता र जेनजी आन्दोलनको भावना, आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्दै प्रभावकारी कार्य परिणाम प्रदान गर्ने विश्वास गरेका छौँ ।”



मोर्चाका घटक दलहरूले आगामी दिनमा एकता, समन्वय र साझा प्रतिबद्धतामा साथ अघि बढिरहने विश्वाससमेत मोर्चाले व्यक्त गरेको छ ।

मोर्चामा रहेका सबै दलको समर्थनमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालका नेता सोनल मधेस प्रदेशका मुख्यमन्त्री बनेका छन् ।

मोर्चामा नरहेको सीके राउतको जनमत पार्टीले पनि मधेसका मुख्यमन्त्री सोनललाई समर्थन गरेको छ ।

Comment


Related News

Latest News

Trending News