२०८२ आश्विन ३१, शुक्रबार १६:१५

सरकारले विधुत उत्पादन, प्रसारण र वितरण लगाएतका बिभिन्न आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधुत उत्पादन, प्रसारण र वितरण लगाएतका बिभिन्न आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्दै सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको जानकारी दिनुभयो । बैठकले विशेष अदालतमा कार्यरत रजिष्ट्रार जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कीत विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरि न्याय परिषद्को सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ भने उच्च अदालत पाटनका न्यायाधीश चन्द्र बहादुर सारुलाई सो अदालतको कामकाजसमेत गर्ने गरि काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय भएको प्रवक्ता खरेलले बताउनुभयो । त्यस्तै बैठकले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव सूर्यराज दाहाललाई महान्यायाधीवक्ता कार्यालयको नायवमहान्यायाधीवक्ता पदमा सरुवा गरेको छ भने कामु नायवमहान्यायाधीवक्ता उद्धवराज पुडासैनीलाई वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको खरेलले जानकारी दिनुभयो ।



मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खरेलले राज्यका सवै संयन्त्रहरु विधिसम्वत्, कानुनी र व्यवहारिक हिसाबले अगाडि बढ्ने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News