२०८२ कार्तिक १, शनिबार ०७:०१

मधेशको चौथो मुख्यमन्त्री बनेसंगै जितेन्द्र सोनलले आफ्नो पहिलो मन्त्रीपरिषद् बैठकबाट जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सोनलले मुख्यमन्त्रीको पदभार सम्हालेसंगै आफ्ना दुई बिनाविभागीय मन्त्रीहरु महेश यादव र कनिष पटेलसंगै बोलाएको मन्त्रीपरिषद् बैठकबाट जेनजी आन्दोलनका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरिएको जानकारी दिए ।



मन्त्रीपरिषद् बैठकको मूल एजेण्डा जेनजी आन्दोलनबाट उठेका मागहरु सकभर सम्बोधन गर्नुका साथै प्रदेशमा सुशासनको अनुभूति हुने गरी काम गर्नु नै रहेको मुख्यमन्त्री सोनलले बताए । त्यस्तै केही साता मधेशका जिल्लाहरुमा आएको बाढीबाट क्षतिग्रस्त भएका पोखरीका डिलहरु मरम्मत गर्ने निर्णय समेत गरिएको छ ।

छठ पर्व नजिकिदै गएकाले ती पोखरीहरु मरम्मत गरेर छठ पर्व मनाउने वातावरण निर्माण गर्नेगरी काम अगाडि बढाइने मुख्यमन्त्री सोनलले बताए ।

Comment


Related News

Latest News

Trending News