२०८२ कार्तिक १, शनिबार १५:५४

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजन शुरु हुनु अघि मधेसको राजधानी जनकपुरधाममा ट्रफी परेड गरिएको छ ।

सातै प्रदेशमा एनपीएलको ट्रफी परेड गराउने क्यानको कार्यक्रम अन्तर्गत जनकपुरधाममा पनि ट्रफी परेड गरिएको हो ।
जेनजी आन्दोलनपूर्व कोशी प्रदेशबाट शुरु भएको क्यानको ट्रफी परेड कार्यक्रम अन्तर्गत आज मधेसको राजधानी जनकपुरधाम आइपुगेको हो ।



एनपीएलको ट्रफीसहित जनकपुरधामको जानकी मन्दिरमा पुजा अर्चना पश्चात शुरु भएको ट्रफी परेड नगरको विभिन्न भागको परिक्रमा गर्दै बसपार्क नजिक रहेको सीताशरण होटेल पुगेर समापन भएको छ । आजको मधेस प्रदेशमा एनपीएलको ट्रफी परेड पश्चात यो ट्रफी परेडका लागि अन्य प्रदेशहरुमा पनि पठाइनेछ ।

परेडमा जनकपुर बोल्ट्सका साथै नेपाल क्रिकेट संघ धनुषाका पदाधिकारी र स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । जनकपुर बोल्ट्स एनपीएलको पहिलो संस्करणको विजेता टोली पनि हो ।

Comment


Related News

Latest News

Trending News