२०८२ कार्तिक २, आईतवार १४:४७

सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले शान्तिसुरक्षा कायम गर्दै निर्वाचन गर्ने वातावरण बनाउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङलाई अघि बढाउने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।



देशैभरका प्रमुख जिल्ला अधिकारीमार्फत सुरक्षाको योजना कार्यान्वयन गराइने भन्दै उहाले प्रमुख जिल्ला अधिकारीको पहिलो प्राथमिकता नै निर्वाचन हुने जिकिर गर्नुभयो । जेनजी आन्दोलनपछि अझैपनि चार सय हतियार रिकभर हुन बाँकी रहेको अवस्थामा हतियार रिकभर गर्न बिशेष कार्यक्रम चलाउने उहाले बताउनुभयो । त्यस्तै उहाले भागेका कैदीबन्दी फिर्ता ल्याउन थप कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

उहाले आन्दोलनका क्रममा हराएका हतियारहरु संगठित गिरोहमा पुग्न नदिने उल्लेख गर्नुभयो । राजनीतिक दलले पनि कैदीबन्दी र हतियारलाई प्रयोग गर्दैनौं भनेर स्वघोषणा गर्नुपर्ने उहाको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News