२०८२ कार्तिक २, आईतवार १६:४९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको जिकीर गरेका छन्। उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्तिलाई ‘तमासा’ को संज्ञा दिए।

ओलीले भने, ‘यो सरकार असंवैधानिक छ। यो सरकारले चुनाव गराउन चाहँदैन। त्यस्तो हुन्छ डेमोक्रेसी? त्यसरी छानिन्छ प्रधानमन्त्री। त्यो तमासा हो, नाटक हो, त्यो संविधानले चिन्दैन।’ उनले पूर्वप्रधानन्यायाधीश वा न्यायाधीश मानवअधिकार आयोगबाहेक अन्य ठाउँमा नियुक्त हुनै नमिल्ने जिकीर गरे।

पूर्वप्रधानन्यायधीश कार्की प्रधानमन्त्री बन्नु असंवैधानिक भएको ओलीको तर्क छ। ‘पूर्वप्रधानन्यायाधीशज्यूलाई संविधानको धारा १३२, १ २ त थाहा होला नि त? पूर्वप्रधानन्यायाधीशले मानवअधिकार बाहेक अरु कामको जिम्मा लिन मिल्दैन। कुनै राजनीतिक नियुक्ति लिन मिल्दैन। मन्त्री खान मिल्दैन’ उनले भने, ‘पहिलो गासमै असंवैधानिक क्रियाकलाप भएको छ। नियुक्तिको प्रक्रिया, नियुक्त हुने व्यक्ति नै असंवैधानिक छ। अनि मैले के संवैधानिकै भको छ भन्नुपर्ने?
डराएर झुट बोल्नुपर्ने? असत्य बोल्न घुँडा टेक्नुपर्ने?’

उनले आफूहरूलाई थुन्ने प्रयासमा सरकार रहेको भन्दै आक्रोश व्यक्त गरे। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आफूलगायत कतिपय नेतालाई सरकारले थुन्ने तयारी गरेको उनको दाबी थियो।

Comment

Related News

Latest News

Trending News