गृहमन्त्री ओमप्रकाश अर्यालले कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताउनुभएको छ ।
सोमबार सिंहदरबारमा जेनजी आन्दोलनका घाइतेसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै अर्यालले देशका हरेक नागरिकले कानून मान्नुपर्ने भन्दै कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताउनुभएको हो । उपत्यका छाड्न नपाउने निर्देशन सरकारको नभइ छानविन आयोगको भएको उहाको भनाइ छ । त्यस्तै मन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार राजनीतिक दलले राखेको भनेर आफुले नभनेको उल्लेख गर्दै हातहतियार संग्रह गर्ने चाहना राख्ने केहि दल हुनसक्ने अभिव्यक्ति दिएको स्पष्ट पार्नुभयो । मुलुक हिंसाको नभइ अहिंशाबाटै अघि बढ्ने भएकाले शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन दलहरुमा चेत आउनुपर्ने उहाको भनाइ छ ।

अर्यालले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको समयमा दीपक खड्का देश बाहिर रहेको र अन्तर्वार्ता प्रकाशित भएका बेला स्वदेश फर्किएको दावी समेत गर्नुभयो । यसबारे स्वयं खड्कालाई नै प्रश्न गर्न उहाले सञ्चारकर्मीलाई सुझाव दिनुभयो ।

