२०८२ कार्तिक ४, मंगलवार १५:०१

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष नेपालले सञ्चारकर्मीसंग कुरा गर्दै सरकारले घोषणा गरेको निर्वाचनलाई निष्पक्ष र मर्यादीत बनाउन आफुहरुले पनि सहयोग गर्ने भन्दै राजनीतिक दल र नेताहरुलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिनुभएको हो । उहाले संविधानलाई संशोधन गर्दै संघीयतालाई परिस्कृत र सुधार गर्न सकिने भन्दै संविधान सुधारको पक्षमा बृहत राजनीतिक छलफलको आवश्यकता रहेको धारणा राख्नुभयो । अध्यक्ष नेपालले सवै राजनीतिक दल र नेताहरुलाई उस्तै–उस्तै नठान्न आग्रह समेत गर्नुभयो । उहाले सुशासन, भ्रष्टाचारको अन्त्य लगाएत जेनजी पुस्ताको मागप्रति यसअघिको सरकार गम्भीर नभएका कारण युवाहरु सडकमा आउनुपरेको र सो क्रममा दुखद घटना भएको उहाले बताउनुभयो । उहाले जेनजी आन्दोलनमा भएको घुसपैठको छानविन गरेर दोषिमाथि कडा कारवाही गर्नुपर्ने जिकिर गर्नुभयो ।



त्यसैगरि उहाले जेनजी पुस्ताहरुको आन्दोलनका क्रममा गोली चलाउने काम पनि निन्दनीय भएकाले त्यसको पनि उचित छानविन हुनुपर्ने धारणा राख्नुभयो । संविधान र गणतन्त्रमाथि आँच आउने काम कसैपनि गर्न नहुने उहाको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News