२०८२ कार्तिक ७, शुक्रबार १४:१०

मधेस प्रदेश सरकारले छठ पर्वको चौथो दिन अर्थात् कार्तिक ११ गते थप एक सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज सार्वजनिक बिदा सम्बन्धी सूचनामा छठ पर्वको बिहानको अर्घ हुने कार्तिक ११ गते मङ्गलवार मधेस प्रदेश भरि सार्वजनिक बिदा दिने जनाएको हो ।

मन्त्रालयका उपसचिव गणेश नायकले जारी गर्नु भएको सूचनामा मधेस प्रदेश सरकारद्वारा २०८१ साल चैत्र २२ गते प्रदेश राजपत्रमा प्रकाशित थप बिदा सम्बन्धी सूचनामा छठको अवसरमा थप एक दिन बिदा दिने कुरा उल्लेख भएको जनाइएको छ ।

सङ्घ सरकारले छठ पर्वको सन्ध्याको अर्घ हुने कार्तिक १० गते सोमवारका दिन देश भरिमा नै सार्वजनिक बिदा यस अघि नै दिइसकेको छ ।

Comment

Related News

Latest News

Trending News