२०८२ कार्तिक ७, शुक्रबार १८:०५

सिर्सिया नदी प्रदूषण गरेको आरोपमा वीरगञ्जमा एक उद्योगका मुंशी (लेखापाल) लाई मोबिल छ्यापिएको छ।

वीरगञ्ज महानगरपालिका–३२ चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रालिका लेखापाल जीतपुर निवासी काशीनाथ तिवारीलाई मोबिल छ्यापिएको हो।



काशीनाथ तिवारीले एक मिडियालाई अन्तर्वार्ता दिँदै गरेको अवस्थामा स्थानीयले बोतलमा ल्याएको मोबिल छ्यापेका हुन्।

तिवारीले गल्तीले केमिकलयुक्त पानी नदीमा जाने गरेको बताउँदै अबदेखि फोहोर पानी नखसाल्ने प्रतिबद्धता जनाउँदै थिए। सोही बखत त्यहाँ उपस्थित रहेका स्थानीय युवाहरूले बारम्बार नदीमा फोहोर पानी नखसाल्ने प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने गरेको आरोप लगाउँदै उनीमाथि मोबिल छ्यापेका थिए।

स्थानीयवासीका अनुसार तिवारी कार्यरत कम्पनीबाट निस्कने ‘म्याक्सोल ल्युब्रिकेन्ट’ उत्पादन प्रक्रियामा प्रयोग भएका रासायनिक फोहोर पदार्थहरू प्रशोधन नगरी सिर्सिया नदीमा मिसाउने गरिएको छ।

स्थानीय युनिटका प्रहरीको उपस्थितिमै भएको घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय पर्साले भने जानकारी नभएको बताएको छ। उद्योगले अबदेखि फोहोरपानी सिधै नदीमा नखसाल्ने सहमति भइसकेको तर मोबिल छ्यापेको घटनाकाबारेमा पीडितले जानकारी नगराएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बस्नेतले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News