२०८२ कार्तिक ९, आईतवार ०७:२६

आराध्यदेव सूर्यको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आइतबार खरना मनाइँदै छ ।

आइतबारको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ । खरना अन्तर्गत दिनभर उपवास बसेका छठ व्रतालुले साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिन्छन् ।



सन्तान र पारिवारिक सुख समृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ व्रतालुहरुले शनिबार नुहाएर अरबा अरबाइन एवं चोखो खाने कुरा खाएपछि विधिवत रुपमा छठ पर्व शुरु भएको हो । त्यस अघि व्रतालुहरुले माछा र कोदो बारेका थिए । सोमबार छठ पर्वको मुख्य दिन रहेको छ ।

छठको पूजा सामग्री जलाशय घाटमा लगेर अस्ताउँदो सूर्य र मंगलबार उदाउँदो सूर्यलाई अर्घ दिइने छ । चारदिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खीर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुने गर्दछ ।

छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यलाई अर्घ दिइने दिनलाई सौझका अर्घ र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भन्ने गरिन्छ ।

यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलागयतको सामग्रीहरु पनि चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाइने गरिन्छ ।

अर्घ दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ निराहार उपवास बस्नु पर्ने हुन्छ ।

Comment


Related News

Latest News

Trending News