२०८२ कार्तिक ९, आईतवार ०७:५१

मुलुकमा बढ्दो भ्रष्टाचार र राजनीतिक नेतृत्वप्रति असन्तुष्टि जनाउँदै रौतहटमा राष्ट्रका लागि युवा अभियानले नयाँ पुस्ता र जेनजीको सहयोगमा भव्य मोटरसाइकल र्‍याली निकालेका छन् ।

रौतहटसहित देशभर बढ्दो भ्रष्टाचार, कुशासन र राजनीतिक नेतृत्वको गैरजवाफदेहिताविरुद्ध नयाँ पुस्ताका युवाहरूले शनिबार मोटरसाइकल र्‍याली आयोजना गरेको छ । बिक्रम यादवको अगुवाइमा गरिएको मोटरसाइकल याली गरुडा नगरपालिका हुँदै गौरमा पुगेर समापन गरिएको थियो ।



प्रदर्शनकारीहरुले केपी ओलीविरुद्ध चर्को नारावाजी गरेका थिए भने उनीहरुले “भ्रष्टाचार अन्त्य गर”, “नयाँ पुस्ताको आवाज सुन्ने बेला भयो” जस्ता नाराबाजी गर्दै सडक प्रदर्शन गरेका थिए । र्‍यालीको उद्देश्य देशमा सुशासन, जवाफदेही नेतृत्व र युवाको आवाज सुन्ने वातावरण बनाउने रहेको जनाइएको छ ।

र्‍यालीमा सहभागी युवाहरूले देशको भविष्य सुरक्षित राख्नका लागि अब नयाँ पुस्ताले नै नेतृत्व लिनुपर्ने समय आएको बताएका छन् । र्‍यालीको क्रममा स्थानीय बासिन्दा र व्यापारीहरूले पनि युवाहरूको अभियानप्रति समर्थन जनाएका थिए ।

Comment


Related News

Latest News

Trending News