२०८२ कार्तिक ९, आईतवार १०:५९
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि गराउने तयारी गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको जनाइएको छ ।


यसअघि सात सदस्यीय मन्त्रिपरिषद् थियो ।
डा. सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई पर्यटन, खगेन्द्र सुनारलाई श्रम र बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउन लागिएको छ ।
उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएकोछ । दिउँसो २ बजेपछि शपथको व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले अनुरोध गरेको छ ।

