२०८२ कार्तिक ९, आईतवार ११:०५

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामअन्तर्गत ठेक्का लिएर वर्षौंदेखि काम नगरी आयोजना अलपत्र पारिएका १२ ठेक्का तोडिएको छ।

साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले जनाएको छ।



सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका अनुसार शिव महिमा कन्स्ट्रक्सन, हलखोरी-७, महोत्तरी, सिद्धी साई प्रकाश कन्स्ट्रक्सन प्रालि, समाखुसी काठमाडौँ, हिमांशु/लोकस देव जेभी, सुविधानगर, काठमाडौँ, साईबाबा निर्माण सेवा, जनकपुर-७, धनुषा, शिवम कन्स्ट्रक्सन, जनकपुर-४, धनुषा, ब्रदर्स कन्स्ट्रक्सन, जलेश्वर, महोत्तरी र सुरेखा निर्माण सेवा, धबौली- ४, धनुषासँगका गरी १२ ठेक्का तोडिएको हो।

सूचनामा भनिएको छ, ‘साविकको जनताको तटवन्ध कार्यक्रम, फिल्ड कार्यालय नं. २, जलेश्वर, महोत्तरीबाट मिति २०६१/०२/ १६ र मिति २०८१/०४/०१ को अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा तपसिल बमोजिमका ठेक्काहरू अन्त्य गर्ने आशयको सूचना प्रकाशन गरिए पनि निर्माण व्यवसायीहरूको तर्फबाट सम्झौताबमोजिमको कार्य सम्पन्न नगरी निर्माण कार्य अलपत्र पारेको हुनाले उक्त कार्यालयबाट सम्झौता अन्त्य भएको निर्णय भएको हो। साविकको कार्यालयबाट पटकपटकको अनुरोध तथा सार्वजनिक सूचना जारी गर्दासमेत कार्य सुचारु गर्नेतर्फ कुनै ध्यान नदिएको हुँदा निर्माण सम्झौतामा उल्लेखित प्रावधानअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कार्यवाही अगाडि बढिसकेको साथै सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ र ६३ बमोजिम अन्य आवश्यक कार्यवाही अगाडि बढाउनको लागि सम्झौताबमोजिम हालसम्म सम्पन्न कार्यको नापजाँच एवं सम्पन्न हुन बाँकी कार्यको मूल्यांकन गर्नका लागि यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन भित्रमा यस आयोजना कार्यालयमा सम्पर्क गर्न हुन जानकारी गराइन्छ। अन्यथा खरिद सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम आवश्यक कार्यवाही अगाडि बढाइने बेहोरासमेत जानकारी गराइन्छ।’

Comment


Related News

Latest News

Trending News