२०८२ कार्तिक ९, आईतवार १३:०७

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश बनाउनका लागि सवै एकजुट हुनुपर्ने बेला आएको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा सम्पादकसंगको छलफलका क्रममा प्रसाईं मुलुक निकै अप्ठेरो अवस्थामा पुगेको भन्दै देश बनाउनका लागि सवै एकजुट हुनुपर्ने बेला आएको बताउनुभएको हो । उहाले यसअघि आफुहरुले गरेको अभियानका क्रममा भएका गल्ती कमजोरीलाई सच्चाएर आफू सुध्रिन तयार भएको जिकिर गर्नुभयो ।

आफ्ना कारणले मुलुकलाई अप्ठेरो परेको भए आफु देश छाडेर जान पनि तयार रहेको उहाको भनाइ छ । प्रसाईंले सरल भाषामा आफ्ना मागहरु सरोकारवालासमक्ष पुराउदा कसैले नसुनेका कारण ठाडो भाषा प्रयोग गर्नुपरेको बताउनुभयो ।

उहाले आफुले केवल देश र गरिव जनताका लागि बोल्दा समेत मुलधारका सञ्चारमाध्यमले आफुलाई कहिले राम्रो नदेखेको गुनासो गर्नुभयो ।

त्यस्तै उहाले अहिले गृहमन्त्रालयले आफुहरुको मागका बारेमा जानकारी लिन छलफलमा बोलाएको भन्दै सरकारले राम्रो कदम चालेको उल्लेख गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News