२०८२ कार्तिक ९, आईतवार १३:१३

प्रधानमन्त्री सुशीला कार्कीले थप ४ मन्त्री नियुक्तिका लागि आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नाम सिफारिस गरेकी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्री बनाउन गणपतिलाल श्रेष्ठ, सुधा गौतम, बब्लु गुप्ता र खगेन्द्र सुनारको नाम राष्ट्रपतिको कार्यालय पठाइएको हो।



यसैबीच यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भनिएका गणपतिलाललाई भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

अन्यमा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्दै छन्।

उनीहरूलाई आजै दिउँसो साढे २ बजे शीतल निवासमा पदको शपथ खुवाउने कार्यक्रम छ।

Comment


Related News

Latest News

Trending News