२०८२ कार्तिक ९, आईतवार १६:११

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनुभएका डा. सुधा शर्मा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएका बब्लु गुप्तालाई आइतबार शितल निवासमा राष्ट्रपति पौडेलले पद तथा गोपनियताको सपथ गराउनुभयो । २ मन्त्री थप भएसंगै सुशीला कार्की नेतृत्वको मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ र श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवारको नाम सिफारिस भएपनि विवादका कारण अन्तिम समयमा उहाँहरुको शपथ रोकिएको थियो ।

Comment


Related News

Latest News

Trending News