२०८२ कार्तिक १०, सोमबार ०९:३९

प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनावलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण गर्न आह्वान गर्नुभएको छ ।

छठ पर्वको अवसरमा शुभकामना सन्देश दिंदै उहाँले चुनावमा सहभागी हुन र सफल बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको हो । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने दायित्व भएको र सबै पक्षले परिस्थितिको संवेदनशीलता र आ–आफ्नो जिम्मेवारीको बोध गर्दै चुनाव सफल पार्न जुट्नुपर्ने बेला भएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान नभएको भन्दै उहाँले आफ्ना कुनै अडान वा असन्तुष्टि छन् भने पनि शान्तिपूर्ण तवरले राखी आम नागरिकको मन जितेर चुनावबाट अनुमोदित गराउनु लोकतन्त्रको सर्वोत्तम विधि भएको उल्लेख गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News