२०८२ कार्तिक १०, सोमबार ११:०८

आज सुनको भाउ दुई हजार रुपैयाँले घटेको छ । आज सुन तोलाको २ लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४१ हजार नौ सय रुपैयाँ थियो ।

महासङ्घका अनुसार आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।



Comment


Related News

Latest News

Trending News