२०८२ कार्तिक ११, मंगलवार १२:२२
आज सुनको भाउ तोलामा दुई हजार नौ सय रुपैयाँले घटेको छ । आज सुन तोलाको दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ३९ हजार नौ सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेर तोलाको दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार नौ सय ८० रुपैयाँ थियो ।


