नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा आज आयोगको कार्यालय पुगेका नेताहरूले दल दर्ताका लागि निवेदन दिनुभएको हो ।
पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ राख्न प्रस्ताव गरिएको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई निवेदन बुझाउँदै प्रवक्ता विश्वकर्माले संसदीय राजनीतिमा सहभागी हुन दल दर्ता प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

सरकारले आउँदो फागुन २१ का लागि चुनाव घोषणा गरेको छ । पार्टीका प्रवक्ता विश्वकर्माले जेनजी आन्दोलनपछि बनेको सरकारमाथि ठूलो चुनौती र प्रश्न रहेको भन्दै सरकारले तोकेको चुनावलाई सम्पन्न गर्न जटिलता देखिएको धारणा बताउनुभयो । उहाँले यस्तो अवस्थामा राष्ट्रिय राजनीतिमा नयाँ ढङ्गको समझदारी आवश्यक रहेकोमा जोड दिनुभयो ।

