२०८२ कार्तिक १२, बुधबार ०९:१८

सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बिहान हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।



हेलिकप्टरमा पाइलटबाहेक यात्रु रहेका थिएनन् । हेलिकप्टरका पाइलट सकुशल रहेका प्रहरीको भनाइ छ । यसबारेमा थप विवरण आउन बाँकी छ ।

Comment


Related News

Latest News

Trending News