२०८२ कार्तिक १२, बुधबार १३:११

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफलको तयारी भैरहेको छ ।

सरकारले आउँदो फागुन २१ का लागि चुनावको घोषणा गरेको अवस्थामा आवश्यक वातावरण बनाउन र समसामयिक विषयमा त्रिपक्षीय छलफल केन्द्रित हुनेछ ।



प्रधानमन्त्रीको निवासमा दिउँसो ४ बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलका प्रमुख एवम् प्रतिनिधि, सरकारका मन्त्रीहरु र जेनजी समूहका अगुवा एवम् प्रतिनिधि सहभागी हुनेछन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश खरेलले चुनावलाई सफल बनाउन चरणबद्ध वार्ता र छलफल हुँदै आएको सन्दर्भमा आज त्रिपक्षीय बैठकको आह्वान भएको जानकारी दिनुभयो ।

सरकारले निरन्तर राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सम्बद्ध पक्षसँग औपचारिक र अनौपचारिक वार्ता र छलफल गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News