२०८२ कार्तिक १२, बुधबार १४:३८

जनकपुरधाको रमदैयास्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आजबाट न्युरो विभाग सञ्चालनमा आएको छ ।

अस्पताल प्रशासनले पत्रकारसम्मेलनमार्फत आज विश्व स्ट्रोक दिवसको अवसरमा न्युरो विभागको उद्घाटन गरेको जानकारी दिएको छ । अस्पतालका अनुसार आजबाट २४ औं घण्टा वरिष्ठ न्युरो सर्जन डा. जितेन्द्र ठाकुर र डा. हेमन्त कुमार साहले न्युरो सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गर्नेछन् ।



न्युरो सर्जन डा. जितेन्द्र ठाकुरका अनुसार न्युरो सम्बन्धि उपचार गर्न आवश्यक सम्पूर्ण उपकरणहरु अस्पतालमा व्यवस्था भइसकेकाले अब प्रान्त न्युरो सम्बन्धि जुनसुकै समस्या यँही समाधान हुन सक्ने छ ।

त्यस्तै, डा. हेमन्त कुमार साहका अनुसार न्युरोमा टाउकोको बाहेक पनि अन्य अंगहरुमा देखिने नसा, ट्युमर र स्पाईनका समस्याहरु पनि यहीँ उपचार गर्न मिल्ने भएको छ ।

अस्पतालका अनुसार न्युरो सम्बन्धि उपचारमा धेरै जोखिम हुने र अत्याधुनिक प्रविधीका उपकरणहरु हुने भएकोले जहाँ पनि खर्च बढि लाग्ने गर्छ । तर मधेश प्रदेशका बिरामीहरुलाई विशेष ध्यानमा राखेर अस्पतालले न्यूनतम शुल्कमा उपचार गर्ने प्रतिबद्धता अस्पतालले जनाएको छ ।

जानकी मेडिकल कलेजमा ५०० बेड रहेको छ भने ४ वटा सुविधायुक्त ओटी र १ं० वटा पोस्ट अपरेटिभ कक्ष सञ्चालनमा रहेको छ । अस्पतालले मेडिसिन, नेप्mोलोजी, जनरल सर्जरी, न्युरोलोजी, अर्थोपेडिक्स, गायनेकोलोजी, प्याडियाट्रिक्स, ईएनटी, नेत्र, डेन्टल, डर्माटोलोजी, साइकियाट्रिकका साथै लयाबेरेटरी र २४ घण्टा वरिष्ठ रेडियोलोजिस्ट टोलीद्वारा युएसजी र सीटी स्क्यानको सेवा दिँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News