२०८२ कार्तिक १२, बुधबार १४:५२

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गर्नुभएको छ ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने जानकारी गराएको बताउनुभयो । आन्दोलन हिंसात्मक नहुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा सञ्चालन हुने उहाले बताउनुभयो ।



उहाले मंसिर ७ गते दिल्लीमा दलहरु र माओवादीबिच १२ बुँदे सम्झौता भएको र त्यही कारण मुलुक अप्ठेको अवस्थामा आएपुगेकाले मंसिर ७ गते देखि नै आन्दोलन सुरु गर्न लागेको उल्लेख गर्नुभयो । आन्दोलनका क्रममा कसैले उल्लङ्घन गरे त्यसको जबाफदेही अभियान नहुने उहाको भनाइ छ ।

जेनजी आन्दोलन हाइज्याक भएर विदेशीको इशारामा सत्ता हत्याउने काम भएको भन्दै उहाले त्यस्तो आन्दोलन आफुहरुको नहुने स्पष्ट पार्नुभयो ।

Comment


Related News

Latest News

Trending News